PahiloPost

Aug 13, 2025 | २९ साउन २०८२

वाग्मती प्रदेश एमाले संसदीय दलको नेतामा थपलिया



पहिलोपोस्ट

वाग्मती प्रदेश एमाले संसदीय दलको नेतामा थपलिया

हेटौंडा : नेकपा एमाले वाग्मती प्रदेशको संसदीय दलको नेतामा एमालेका केन्द्रीय सदस्य जगन्नाथ थपलिया चयन भएका छन्। बिहीवार बसेको वाग्मती प्रदेश एमाले संसदीय दलको बैठकले थपलियालाई सर्वसम्मत दलको नेता चयन गरेको हो। थपलिया  चितवन क्षेत्र नम्बर १ को १ बाट प्रदेश सभा सद्स्यमा  निर्वाचित भएका थिए।

एमालेको वागमती प्रदेशमा प्रत्यक्ष निर्वाचित १३ र समानुपातिक तर्फ १४ गरि २७ जना सांसद् रहेका छन्।

संसदीय दलको नेता चयन गर्ने कार्यक्रमम्म नेकपा एमाले पार्टीका उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, वागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेल, प्रतिनिधि सभाका सदस्य महेशकुमार बर्तौलालगायतको सहभागिता रहेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell