PahiloPost

Jun 24, 2024 | ११ असार २०८१

प्रदेश १ मा कांग्रेसबाट को बन्ला संसदीय दलको नेता? तीनजनाको उम्मेदवारी दर्ता



पहिलोपोस्ट

प्रदेश १ मा कांग्रेसबाट को बन्ला संसदीय दलको नेता? तीनजनाको उम्मेदवारी दर्ता

विराटनगर : प्रदेश नम्बर १ कांग्रेस संसदीय दलको नेता बन्न ३ जनाको उम्मेदवारी परेको छ। संसदीय दलको नेता चुन्न शुक्रवार बिहान गरिने मतदानका लागि बिहीबार ३ जना प्रदेश सांसदले आआफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।

उम्मेदवारी दर्ता गराउने प्रदेश सांसदमा प्रदेशका आन्तरिक मामिला मन्त्री केदार कार्की, पार्टीका केन्द्रीय सदस्य अमृत अर्याल र पार्टीका प्रदेश सभापति उद्धव थापा छन्।

तीन जनामा कार्कीलाई पार्टीका वरिष्ठ नेता डा. शेखर कोइराला र थापालाई पार्टी सभापति शेरबहादुर देउवाको समूहको समर्थन छ।

कार्कीले मोरङको क्षेत्र नम्बर ६ को २ बाट चुनाव जितेका हुन्। त्यस्तै, अर्याल पनि मोरङकै क्षेत्र नम्बर ५ को २ का सभासद् हुन्। थापा समानुपातिक तर्फबाट प्रदेश सांसद भएका हुन्।

कार्कीको प्रस्तावकमा रामकुमार खत्री र समर्थकमा शमशेर राई छन्। त्यस्तै अर्यालको प्रस्तावकमा डोल्मा तामाङ र सुनीताकुमार गुरुङ छन्। थापाको प्रस्तावक भीम पराजुली र समर्थकमा भूपेन्द्र राई छन्।

प्रदेश १ को प्रदेश सभामा कांग्रेसको संसदीय दलको नेता चुन्न पार्टीले राष्ट्रिय सभामा पार्टीको संसदीय दलका नेता रहेका रमेशजङ्ग रायमाझीलाई संयोजक बनाई पठाएको छ।

संयोजक रायमाझीले शुक्रबार बिहान ९ देखि १० बजेसम्म पार्टीको विराटनगरस्थित प्रदेश कार्यालयमा मतदान गरिने जानकारी दिए।

रायमाझीले मतदान सकिनेबित्तिकै मतगणना गरेर परिणाम सार्वजनिक गरिने उल्लेख गरे।

प्रदेश नम्बर १ को प्रदेश सभामा कांग्रेसका प्रत्यक्षतर्फ १७ र समानुपातिकमा १२ गरी २९ सांसद् छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell