PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

नेपाल- भारतको संयुक्त सैनिक अभ्यास सकियो

नेपाल- भारतको संयुक्त सैनिक अभ्यास सकियो

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौंः नेपाल-भारत संयुक्त सैनिक अभ्यास सम्पन्न भएको छ।

दुई साता लामो दुई देशका सेनाहरूबिचको अभ्यास आज सम्पन्न भएको हो। पुस १ गतेदेखि रुपन्देहीको सालझण्डीस्थित नेपाली सैनिक ब्याटल स्कुलमा सैनिक अध्यास सुरु भएको थियो।

विपद् व्यवस्थापनको समयमा गरिने खोज तथा उद्धार र स्वास्थ्य उपचार लगायत प्रतिविद्रोह तथा प्रतिआतंकवाद जस्ता विषयहरू समावेश गरी सञ्चालन भएको उक्त अभ्यासमा नेपाली सेनाबाट प्रमुख सेनानी विमल कुमार वाग्ले र भारतीय सेनाबाट कर्णेल हिमांशु बाहुगुनाको नेतृत्वमा दुवै देशका ३३४/३३४ जना सैनिकहरूको सभागीता थियो।

समापन समारोहमा, बलाधिकृत रथी श्री सरोज प्रताप राणाले अभ्यास सफलतापूर्वक सम्पन्न गरेकोमा सहभागी सैनिकहरूलाई बधाई दिदैं तालिम प्रति देखाएको समर्पण, उत्सुकता र कडा परिश्रमले भविष्यमा आई पर्ने जस्तो सुकै चुनौतीहरूलाई प्रभावकारी ढङ्गले समाधान गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे।



ट्रेन्डिङ पोस्ट

Ncell