PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

कमिक बुक लेखक स्टेन लीमाथि डकुमेन्ट्री बन्ने



पहिलोपोस्ट

कमिक बुक लेखक स्टेन लीमाथि डकुमेन्ट्री बन्ने
Photo : GETTY IMAGES

कमिक पुस्तक लेखक स्टेन लीमाथि डकुमेन्ट्री बन्ने भएको छ। लीको १०० औँ जन्मजयन्तिको अवसरमा उनीमाथि डकुमेन्ट्री निर्माण गर्ने घोषणा गरिएको हो।

मार्वल इन्टरटेनमेन्टले सार्वजनिक गरेको टिजरमा स्टेनका फिल्महरूमा प्रसिद्ध 'क्यामियो' फुटेजहरु राखिएको छ। यसबाहेक टिजरमा उनको एनिमेटेड अनुहार पनि देख्न सकिन्छ।

‘स्टेन ली’ नामक डकुमेन्ट्री लीको जीवन र मार्वल कोमिक्समा योगदानमाथि आधारित हुनेछ। यो डकुमेन्ट्री सन् २०२३ मा ओटीटी प्लेटफर्म डिज्नी प्लसमा रिलिज हुनेछ।

अमेरिकी कमिक लेखक स्टेन मार्वल कोमिक्सका सह-निर्माता थिए। जसले स्पाइडर-म्यान, हल्क, ब्याल्क प्यान्थर र आइरन म्यानजस्ता उत्कृष्ट कमिक बनाए। ली अन्तिम पटक एभेन्जर्स एन्डगेममा देखिएका थिए जसलाई मार्वलको 'एन्ड अफ एरा' पनि भनिन्छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell