PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

वाग्मती प्रदेशका नवनिर्वाचित सांसदहरुले लिए शपथ



पहिलोपोस्ट

वाग्मती प्रदेशका नवनिर्वाचित सांसदहरुले लिए शपथ

हेटौंडा  : वाग्मती प्रदेश सभाका नवनिर्वाचित सांसदहरूले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। प्रदेश संसद् भवनको हल हेटौंडा–१० मा प्रदेश सभाका ज्येष्ठ सदस्य रामप्रसाद ढुंगानाले सांसदहरूलाई शपथ गराएका हुन्।

१५ जना सांसदले मातृभाषामा सफथ लिए भने अरूले नेपाली भाषाको प्रयोग गरेका छन्।

शपथसँगै प्रदेश संसद् सचिवालयले सांसदको लोगो पनि वितरण गरेको छ। शपथ ग्रहणका लागि सांसदहरू आ–आफ्नो जातीय पहिचान झल्किने पोसाक लगाएर संसद् भवनमा पुगेका थिए।

प्रदेश प्रमुख यादवचन्द्र शर्माले हिजो बुधवार प्रदेश सभाका ज्येष्ठ सदस्य रामप्रसाद ढुंगानालाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए।

प्रदेश सभामा प्रत्यक्ष निर्वाचित ६६ र समानुपातिक प्रणालीबाट निर्वाचित ४४ गरि ११० जना सांसद छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell