PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

‘ह्यारी कि प्यारी’ को धरहरा हल्लियो गीतमा रेखाको आइटम डान्स



पहिलोपोस्ट

‘ह्यारी कि प्यारी’ को धरहरा हल्लियो गीतमा रेखाको आइटम डान्स

काठमाडौं : फिल्म ‘ह्यारी कि प्यारी’ को ‘धरहरा’ बोलको गीत सार्वजनिक भएको छ। सार्वजनिक गीतमा अभिनेत्री रेखा थापाको आइटम डान्स देख्न सकिन्छ।

रेखाले लामो समयपछि फिल्ममा आइटम डान्स गरेकी हुन्। भिडियोमा रेखाका साथै मुख्य कलाकारहरु जितु नेपाल र बिजय बराल पनि फिचर्ड छन्।

डाक्टर भोला रिजालको शब्द रहेको गीतमा मिना पोखरेल निरौला र सपन कुमार राइको स्वर छ। साथै गीतमा  शिखर सन्तोषको संगीत सुन्न सकिन्छ।

फिल्ममा जितु र विजयका साथै साम्राज्ञी राज्य लक्ष्मीको मुख्य भूमिका छ। कपिल रिजालको कथा र निर्देशन रहेको फिल्म आउँदो माघ २० गते प्रदर्शन हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell