PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

जोरा र वाल्टनको सानदार अर्धशतक: जनकपुरको सहज जित, केसीको आक्रामक प्रदर्शनको बावजुत हार्‍यो फार वेस्ट



पहिलोपोस्ट

जोरा र वाल्टनको सानदार अर्धशतक: जनकपुरको सहज जित, केसीको आक्रामक प्रदर्शनको बावजुत हार्‍यो फार वेस्ट
Photo: CAN

काठमाडौँ: नेपाल टी २० लिग अन्तर्गत आज सम्पन्न दोस्रो खेलमा जनकपुर रोयल्सले फारवेस्ट युनाइटेडलाई हराएको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सम्पन्न खेलमा जनकपुरले फार वेस्टलाई ८ विकेटले हराएको हो।

टस हारेर ब्याटिङमा उत्रिएको फार वेस्टले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६९ रन बनाएको थियो। जसका लागि करण केसीले आक्रामक ब्याटिङ गर्दै १७ बलमा ४ छक्का र ३ चौकाको सहायतामा अविजित ४६ रन बनाए। त्यस्तै भीम सार्कीले ३६ रन बनाउँदा देव खनालले २२ रन, कप्तान हसमतुल्लाह शाहिदीले १९ तथा हरिशंकर शाहले १३ रन बनाए। बलिङतर्फ जनकपुरका ललित राजवंशीले २ विकेट लिँदा जितेन्द्र मुखिया र सोमपाल कामीले समान १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको जनकपुरले ओपनरद्वय पवन सर्राफलाई १२ र कप्तान ट्रेभोन ग्रिफिफ्तलाई ६ रनमा गुमाएको थियो। त्यसपछि आएका चाडविक वाल्टन र सुन्दिप जोराले शतकीय साझेदारी गर्दै १८.२ ‌ओभरमा टिमलाई लक्ष्यसम्म पुर्‍याए। यसक्रममा जोराले अर्धशकीय पारि खेल्दै ५ छक्का र ३ चौकाको सहायतामा अविजित ७७ रन बनाउँदा वाल्टनले ५ छक्का र २ चौकाको सहायतामा अविजित ६९ रन बनाए। बलिङतर्फ करण केसीले २ विकेट लिए।

जितसँगै ४ खेलबाट ६ अंक जोडेर जनकपुर दोस्रो स्थानमा उक्लिएको छ। शीर्ष स्थानमा रहेको लुम्बिनी अलस्टारको ८ अंक जोडेको छ। २ अंक जोडेको फारवेस्ट युनाइटेड भने तालिकाको पाँचौँ स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell