PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

प्रभु साहले घोषणा गरे आम जनता पार्टी : 'आइटी आर्मी' जनवर्गीय संगठन



पहिलोपोस्ट

प्रभु साहले घोषणा गरे आम जनता पार्टी : 'आइटी आर्मी' जनवर्गीय संगठन

काठमाडौं : नेकपा (एमाले) परित्याग गरेर स्वतन्त्रबाट प्रतिनिधि सभाको निर्वाचन जितेका सांसद प्रभु साहले नयाँ पार्टी खोलेका छन्। स्वतन्त्र उम्मेदवार जिताउ अभियानलाई आम जनता पार्टीमा रुपान्तरण गरिएको प्रभु साह नेतृत्वको पार्टीले जनाएको छ।

५१ सदस्यीय तदर्थ केन्द्रीय समिति गठन गर्ने पनि आम जनता पार्टीले जनाएको छ। प्रदेश अध्यक्ष, सचिव र ईञ्चार्ज पनि आम जनता पार्टीले तोकेको छ। प्रदेश नम्बर १ मा हरिप्रसाद पोखरेल अध्यक्ष छन् भने रामप्रित राम इञ्चार्ज छन्। मधेश प्रदेशमा श्रीचन मुखिया अध्यक्ष छन् भने उपेन्द्र साह इञ्चार्ज छन्। वागमतीमा नाम्गेल मोक्तान अध्यक्ष र बद्रीप्रसाद न्यौपाने इञ्चार्ज तोक्ने निर्णय भएको छ। गण्डकी प्रदेशमा राजन यादव अध्यक्ष र बद्री प्रसाद न्यौपने नै इञ्चार्ज छन्। परमानन्द बर्मा लुम्बिनीको अध्यक्ष छन् भने रिता देवी इञ्चार्ज छन्। कर्णालीमा सियाराम कुश्वाहा अध्यक्ष छन् भने उपेन्द्र साह इञ्चार्ज छन्। केशव राय चौधरी सुदुरपश्चिमको अध्यक्ष छन् भने कुन्दन कुश्वाहा इञ्चार्ज छन्।

प्रभु साहको पार्टीले आइटी आर्मीका रुपमा जनवर्गीय संगठन बनाएको छ। जसको अध्यक्ष चन्द्र भुषण साह छन् भने इञ्चार्ज प्रभू साह आफै छन्। आम दलित मोर्चा, आम महिला मोर्चा, आम विद्यार्थी मोर्चा र आम किसान मोर्चा प्रभु साहको पार्टीका जनवर्गीय संगठन हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell