PahiloPost

Jun 28, 2025 | १४ असार २०८२

भजन संग्रह ‘जीवन मुस्कुराउनेछ’ को विमोचन



पहिलोपोस्ट

भजन संग्रह ‘जीवन मुस्कुराउनेछ’ को विमोचन

काठमाडौं: शिव भजन संग्रह ‘जीवन मुस्कुराउनेछ’ को विमोचन भएको छ। बुधबार काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रमबीच एल्बम सार्वजनिक गरिएको हो।

आठ वटा भजन रहेको एल्वममा डा. विनु बाबा अर्यालको एकल शब्द, योगेन्द्र उपाध्यायको एकल संगीत र मोहन के. राईको एकल स्वर रहेको छ। एल्मममा समावेश भजनहरुमा विश्व अधिकारी, सुवास जोशी, संगीतकार उपाध्याय र सञ्जीव दर्नालको संगीत संयोजन रहेको छ ।

भजनलाई डश म्युजिकले उत्पादन तथा बजार व्यवस्थापनको जिम्मा लिएको हो।

कार्यक्रममा प्राध्यापक तथा गीतकार डा. कृष्णहरि बरालसहित गायिका संगीता राना प्रधान, गीतकार एसपी कोइराला, गीतकार चुडामणि देवकोटा, संगीतकार राजु सिंह, संगीतकार उपाध्याय, किरण कंडेल, बिष्णु अधिकारी र डश म्युजिकका अध्यक्ष डिबी खनाललगायतको उपस्थिति थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell