PahiloPost

Dec 18, 2024 | ३ पुष २०८१

चलचित्र विकास बोर्डले दुबईमा नेपाली सिनेमा फेस्ट आयोजना गर्ने



पहिलोपोस्ट

चलचित्र विकास बोर्डले दुबईमा नेपाली सिनेमा फेस्ट आयोजना गर्ने

काठमाडौं : चलचित्र विकास बोर्डले संयुक्त अरब इमिरेट्सको दुबईमा अन्तर्राष्ट्रिय चलचित्र महोत्सव गर्ने भएको छ। ‘नेपाली सिनेमा फेस्ट २०२३’ आगामी फागुन १ गतेदेखि ३ गतेसम्म आयोजना हुनेछ।

निजी क्षेत्रको सूर्य कर्पोरेसनसँग मिलेर बोर्डले पहिलोपटक विदेशमा कार्यक्रम गर्न लागेको हो। ‘टेकिङ् नेपाली सिनेमा टु दि वर्ल्ड’ भन्ने नारा रहेको फेस्टिभलमा अरबी भाषामा सबटाईटाल गरी नेपाली चलचित्रको प्रदर्शनी गरिनेछ।

अन्तर्राष्ट्रियस्तरमा नेपाली चलचित्रको बजार विस्तारको पहलको लागि महोत्सव सुरु गरिएको अध्यक्ष भुवन केसीले बताए। नेपाल आँफैमा एक खुल्ला छायांकन स्टुडियो हो भनेर संसारलाई चिनाउन, युएई र नेपालको कला संस्कृतिको सहकार्यताको लागि यो कार्यक्रमले महत्वपूर्ण भुमिका खेल्ने केसीको आशा छ।

साथै नेपालबाट जाने तथा युएईमा नै रहने कलाकारहरुको विभिन्न प्रस्तुतिप, युएईमा नेपाली चलचित्रको बजार विस्तार तथा छायाङ्कन सुविधा पहलको लागि त्यहाँको सरकारका प्रतिनिधिहरु, त्यहाँस्थित नेपाली दूतावास, व्यापारी तथा कलाकर्मीबिच अन्तर्क्रिया हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell