PahiloPost

Jun 15, 2026 | १ असार २०८३

चिसो छल्न महोत्तरीमा विद्यालय जान छाडे विद्यार्थी



रासस

चिसो छल्न महोत्तरीमा विद्यालय जान छाडे विद्यार्थी
फाइल फोटो : रासस।

महोत्तरी : चिसो बढेपछि महोत्तरीमा विद्यार्थी घरमै बस्न थालेका छन्। अधिकांश विद्यालयमा अत्यधिक चिसोका कारण विद्यार्थी सङ्ख्या ह्वात्तै घढेको छ।

तीन दिनयता जिल्लाका सबैजसो भेगमा दिनभरि नै बाक्लो हुस्सु लागेर मुटु कमाउने सिरेटो लगातार बहिरहेपछि स-साना बालबालिकाको स्वास्थ्यलाई ख्याल गर्दै जाडो बिदा दिन थालिएको छ।

मनराशिशवा नगरपालिकाले नगर क्षेत्रका सबै विद्यालयमा जाडो बिदा दिएको छ। ‘घाम नदेखिएको तीन दिन भइसक्यो, दिनभरि चिसो स्याँठ चल्छ,’ मनराशिशवाका प्रमुख मोहन पाण्डेले भने।

शुक्रवारसम्म बिदा दिइएको छ। नगरपालिकामा आधारभूत र मावि तहका गरी १६ विद्यालय छन्।

जिल्लाका अन्य १४ स्थानीय तहका विद्यालयमा पनि अधिकांश विद्यार्थी चिसोका कारण विद्यालय आउन छाडेका छन्। केही दिनयता विद्यार्थीको उपस्थिति ह्वात्तै घटेको छ।

मौसममा सुधार नभए केही दिन बिदा दिने तयारी भएको सो नगरपालिकाका प्रमुख सञ्जीवकुमार साहले बताए। मनराशिशवा नगरपालिकाले बस्तीबस्तीका चोकमा दाउराको व्यवस्था गरेको छ।

यसैगरी, मटिहानी नगरपालिकाले नौवटै वडाका बस्तीमा ‘सुनौलो हजार दिन’ (गर्भवती अवस्थादेखि शिशु स्याहारसम्म चरणको अभियानमा आबद्ध) आमालाई पोषिलो आहारसहितको झोला वितरण सुरु गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell