PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

फुटबलका लेजेन्ड पेलेका किस्सा : उनलाई मैदानबाट निकाल्ने रेफ्री आफैँ बाहिरिनुपर्‍यो, के युद्ध पनि रोकिएको थियो?



पहिलोपोस्ट

फुटबलका लेजेन्ड पेलेका किस्सा : उनलाई मैदानबाट निकाल्ने रेफ्री आफैँ बाहिरिनुपर्‍यो, के युद्ध पनि रोकिएको थियो?
Photo: IBL/SHUTTERSTOCK

सन् १९७७ मा फुटबलबाट सन्यास लिएका ब्रालियन खेलाडी पेले विश्वको सर्वोत्कृष्ट खेलाडीमध्येमा पर्छन्। पछिल्ला दिनहरुमा पेले मृगौलाको रोग र प्रोस्टेटसँग जुधिरहेका थिए।

पेले तीनपटक विश्वकप जित्ने टोलीको सदस्य थिए। यस्तो कीर्तिमान बनाउने उनी विश्वको एकमात्र खेलाडी हुन्। उनको खेल करियरमा धेरै यस्ता किस्साहरु छन् जसले देखाउँछ आफ्नो समयमा उनी कति चर्चित थिए भनेर।

पेलेलाई बाहिर पठाउँदा रेफ्री आउट

सन् १९६८ जुन १८ मा पेलेको क्लब र कोलम्बियाको ओलम्पिक क्लबबिच मैत्रीपूर्ण खेल चलिरहेको थियो। खेलका क्रममा रेफ्रीले गुइलेरमो वेलाक्केजले पेलेलाई मैदान बाहिर पठाइदिए (रेड कार्डको प्रयोग सन् १९७० पछिबाटमात्र सुरु भएको हो)। उनीमाथि फउल गरेको आरोप थियो।

बेलाक्केजले आफूमाथि पेलेले दुर्व्यवहार गरेको पनि आरोप लगाएका थिए। तर, रेफ्रीको यो निर्णयको विरोध भयो। सेन्टोसका खेलाडीले रेफ्रीलाई घेरे।

स्टेडियममा उपस्थित दर्शक पनि रेफ्रीको निर्णयको विरोध गर्न थाले। सन् २०१० मा एउटा अन्तर्वार्तामा वेलाक्वेजले आफू मैदानबाहिर जानुपरेको बताउँदै सिट्टी लाइन्समेनलाई दिएर पेलेलाई मैदानमा फिर्ता बोलाएको बताएका थिए।

के साँच्चै पेलेले युद्ध रोकेका थिए?

सन् १९६० को दशकमा पेलेको क्लब सान्टोस विश्वकै चर्चित क्लबमध्येमा थियो। यो क्लबले संसारभरका टिमसँग मैत्रीपूर्ण खेल खेल्न पुग्ने गर्थ्यो।

एउटा यस्तै खेल नाइजेरियाको युद्धग्रस्त क्षेत्रमा खेलाइएको थियो। सन १९६९ को फेब्रअरी ४ मा यो खेल खेलाइएको थियो। यो खेलमा सान्टोसले बिनिनी सिटीको एउटा स्थानीय क्लबलाई २-१ गोलअन्तरले हराएको थियो।

त्यतिबेला नाइजेरियामा युद्ध हिंस्रक बन्दै गएको थियो। सुरक्षालाई लिएर ब्राजिलको टिमको चिन्ता जायज थियो। त्यसैले ब्राजिलियन टिम ल्याउनका लागि दुवै पक्षले युद्धविराम गरे।

यसको सत्यताबारे फरक-फरक तर्कहरु पाइन्छ। पेलेले सन् १९७७ मा छापेको आत्मकथामा भने यसबारे उल्लेख छैन।

त्यसको ३० वर्षपछि लेखेको अर्को आत्मकथामा भने यसबारे उनले लेखेका छन् : खेलाडीलाई भनिएको थियो यो एक्जिविसन खेलले गृहयुद्ध रोकिन सक्थ्यो।

‘मलाई थाहा छैन यो पूरा सत्य हो या होइन। तर, नाइजेरियाले हामी त्यहाँ रहुञ्जेल कुनै घुसपेठ नहोस भनेर सुनिश्चित गरेको थियो,’ उनले लेखेका छन्।

युरोपका क्लबका लागि किन खेलेनन् पेलेले?

पेलेका आलोचक आरोप लगाउँछन् युरोपका क्लबबाट नखेल्नु पेलेको करियरका लागि फाइदाजनक भयो। ब्राजिलका अरु ठूलासाना खेलाडी जस्तै जब उनी आफ्नो करियरको पिकमा थिए उनलाई विदेश जानबाट रोकियो।

सेन्टोस क्लबले रियल मड्रिडको प्रस्तावलाई अस्वीकार गरेको थियो। त्यसबेला आफू कुन क्लबबाट खेल्ने भनेर छनोट गर्ने छुट खेलाडीमा थिएन।

पेलेलाई देशमै राख्ने दबाब सरकारबाट पनि थियो। सन् १९६१ मा तत्कालिन राष्ट्रपति जेनियो क्वाड्रोसले पेले राष्ट्रिय सम्पति भएको भन्दै ‘निर्यात’ गर्न नमिल्ने बताएका थिए।

यसको वावजुत सन् १९७५ मा उनले न्युयोर्क कमसम भन्ने विदेशी क्लबबाट खेलेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell