PahiloPost

Jan 7, 2025 | २३ पुष २०८१

‘पेले डिड इट फर्स्ट’



पहिलोपोस्ट

‘पेले डिड इट फर्स्ट’
Photo: AP/SHUTTERSTOCK

ब्राजिलियन फुटबल स्टार पेलेको बिहीबार ८२ वर्षको उमेरमा निधन भयो। लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोका कारण ‘गोट’ (हालसम्मकै सबैभन्दा उत्कृष्ट)बारे प्रश्न उठ्नुअघि, पेले र डिएगो म्याराडोनाबिच तुलना गर्दै समर्थकहरु बहस गर्थे।

मेस्सीले अर्जेन्टिनाका लागि पछिल्लो विश्वकप जित्दा पेलेको एउटा भिडियो भाइरल भयो। कसैलाई लाग्न सक्छ कि यो भिडियो पनि अरुजस्तै होला तर होइन। यो भिडियोले किन पेले फुटबलको पहिलो ‘मेगा स्टार’ हुन् भनेर प्रष्ट देखाउँछ। उक्त भिडियोको शीर्षक छ ‘पेले डिड इट फर्स्ट’।

पेलेपछि आएका सबै चर्चित फुटबलरहरूको ‘सिग्नेचर मुभ’ उनले पहिले नै गरिसकेको भिडियोमा देख्न सकिन्छ। नेइमारको क्लासिक ‘लोब्स’ होस् या मेस्सीको शानदार ‘ड्रिबल’, क्रिस्टियानो रोनाल्डोको युभेन्टस विरुद्धको अविस्मरणीय ‘ओभरहेड किक’ होस् या त रोनाल्डिन्होको प्रसिद्ध ‘इलास्टिका’, पेलेले आफ्ना खेलमा ती कलाहरुलाई देखाइसकेका छन्।

ती सबै कलाहरू कुनै पनि खेलाडीले देखाउनुअघि नै पेलेले देखाइसकेका थिए। के यसले पेले अहिलेसम्मकै उत्कृष्ट फुटबलर थिए भनेर प्रमाणित गर्छ? सायद। यसले यो चाहिँ पक्कै प्रमाणित गर्छ कि उनी आफ्नो समयभन्दा धेरै अगाडि थिए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell