PahiloPost

May 28, 2026 | १४ जेठ २०८३

प्रदेश १ को कांग्रेस संसदीय दलको नेतामा उद्धव थापा, सशक्त र रचनात्मक प्रतिपक्षको भूमिका निभाउने



पहिलोपोस्ट

प्रदेश १ को कांग्रेस संसदीय दलको नेतामा उद्धव थापा, सशक्त र रचनात्मक प्रतिपक्षको भूमिका निभाउने

विराटनगर : प्रदेश नम्बर १ को प्रदेश सभामा नेपाली कांग्रेसको संसदीय दलका नेतामा पार्टी संस्थापन पक्षका उद्धव थापा चुनिएका छन्।

समानुपातिक कोटामा झापाबाट प्रदेश सांसद भएका थापा अत्यधिक मत प्राप्त गर्दै दलको नेता चुनिएका हुन्। थापा पार्टीको प्रदेश सभापति समेत हुन्।

शुक्रवार भएको निर्वाचनमा थापाले १८ मत हासिल गरे।

उनका निकटतम प्रतिद्वन्द्वी रहेका सभासद् केदार कार्कीले ९ मत प्राप्त गरे। प्रदेश १ को आन्तरिक मामिला मन्त्रीसमेत रहेका सभासद् कार्की डा. शेखर कोइराला पक्षका हुन्।

अर्का उम्मेदवार एवम् पार्टीका केन्द्रीय सदस्य अमृत अर्यालले २ मतमात्र प्राप्त गरे।

निर्वाचन–परिणामपछि नेता थापाले प्रदेश सभामा उग्रवामपन्थी र दक्षिणपन्थी शक्ति एकै भएकाले आफूले सशक्त र रचनात्मक प्रतिपक्षीको भूमिका निर्वाह गर्ने बताए।

नेता थापाले प्रदेश १ मापूर्वाधार, पर्यटन, सभ्यता, संस्कृति, शिक्षा र सम्पूर्ण समाजको विकास गर्नआफ्नो अहम् योगदान रहने प्रतिबद्धता प्रकट गरे।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell