PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

तमिल फिल्म ‘पोन्नियिन सेलवान - २’ अप्रिल २८ मा प्रदर्शन हुने



पहिलोपोस्ट

तमिल फिल्म ‘पोन्नियिन सेलवान - २’ अप्रिल २८ मा प्रदर्शन हुने

दक्षिण भारतीय फिल्म ‘पोन्नियिन सेलवान’ को दोस्रो भागको प्रदर्शन मिति तय भएको छ। मणि रत्नमको निर्देशित यो फिल्म २८ अप्रिल सन् २०२३ मा रिलिज हुनेछ।

निर्माण टिमले एक टिजर सार्वजनिक गर्दैँ रिलिज मितिबारे जानकारी दिएका हो। फिल्ममा मद्रास टकीज र लाइका प्रोडक्सनको निर्माण रहेको छ। यस फिल्म ओस्कार विजेता संगीत निर्देशक ए.आर. रहमानले फिल्ममा संगीत दिइरहेका छन्।

यस वर्षकै ३० सेप्टेम्बरमा रिलिज भएको ‘पोन्नियिन सेलवान (पीएस-आई)’ हिट फिल्ममा पर्छ। जसले विश्वभरबाट ५ सय करोड कमाएको थियो। पहिलो भागले सकरात्मक प्रतिक्रियाले दोस्रो भाग थप रोमाञ्चक हुने अपेक्षा छ।

दोस्रो भागमा पनि चियान विक्रम, ऐश्वर्या राय बच्चन, कार्थी, जयम रवि, तृषा, जयराम, शोविता धुलिपललगायतको अभिनय हुनेछ। यो फिल्म १९५५ को कल्की कृष्णमुर्तिको उपन्यास ‘पोन्नियिन सेलवान’ आधारित छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell