PahiloPost

May 28, 2026 | १४ जेठ २०८३

‘कमेडी च्याम्पियन’ तेस्रो सिजनको अडिसन पुस २७ गतेबाट



पहिलोपोस्ट

‘कमेडी च्याम्पियन’ तेस्रो सिजनको अडिसन पुस २७ गतेबाट

काठमाडौं : कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ को तेस्रो सिजनको घोषणा भएको छ। निर्देशक विशाल भण्डारीले शोको घोषणासँगै आवेदन मितिबारे जानकारी दिएका हुन्।

जनवरी ११ देखि ३० (पुस २७- माघ १६) सम्म सहभागी हुन चाहने प्रतिस्पर्धीले अडिसन दिन सक्नेछन्। सहभागी हुन चाहने प्रतिस्पर्धीले 'पेवेल एप' डाउनलोड गरेर आफ्नो भिडियो पठाउनु पर्नेछ। भिडियोको लम्बाई ५ मिनेटसम्मको हुने आयोजकले बताएको छ।

भिडियो प्राप्त गरेपछि उत्कृष्टलाई छनोट गरेर फिजिकल अडिसनमा सहभागी गराउने आयोजकले बताएको छ।

थ्री प्रोडक्सन प्रालिले निर्माण गदैँ आएको शोको पहिलो सिजनको विजेता हिमेश पन्त भएका थिए। दोस्रो सिजन भने भरतमणि पौडेलले जितेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell