PahiloPost

Jul 6, 2024 | २३ असार २०८१

दिपेन्द्र लामाले गरे फिल्म ‘नांगो गाउँ’को घोषणा, दयाहाङ र मिरुना मुख्य भूमिकामा



पहिलोपोस्ट

दिपेन्द्र लामाले गरे फिल्म ‘नांगो गाउँ’को घोषणा, दयाहाङ र मिरुना मुख्य भूमिकामा

काठमाडौं : फिल्म ‘२ नम्बरी’ हिट भएपछि निर्देशक दिपेन्द्र लामाले नयाँ फिल्मको घोषणा गरेका छन्। लामाको लेखन र निर्देशनमा फिल्म ‘नांगो गाउँ’ निर्माण हुने पक्का भएको हो।

हिमाल शर्मा प्रस्तुतकर्ता रहेको फिल्ममा दयाहाङ राई र मिरुना मगर फाइनल भइसकेका छन्। मिरुना र दयाले यसअघि ‘कबड्डी ४’मा सहकार्य गरेका थिए।

दयासँगै अर्का एक जना अभिनेताको मुख्य भूमिका रहने फिल्मको बाँकी कलाकार छिट्टै सार्वजनिक गरिने लामाले बताए। यो फिल्मलाई राजनीतिक कथामा प्रस्तुत गर्ने तयारी दिपेन्द्रको छ।

‍मनिष्मा फिल्मस् प्रालिको ब्यानरमा निर्माण हुने फिल्ममा जय श्रेष्ठको लगानी रहनेछ। कथा लेखन अन्तिम चरणमा पुगेको यस फिल्मको छायाङ्कन चैत महिनाबाट सुरु हुनेछ।

लामाद्वारा निर्देशित यो पाँचौ फिल्म हुनेछ। उनले यसअघि घामपानी, गोपि, छ माया छपक्कै र २ नम्बरी जस्ता फिल्म निर्देशन गरिसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell