म्यान्मारको सैनिक सरकारप्रति बफादार अदालतले अपदस्थ नेतृ आङ सान सुकीलाई थप सात बर्षको जेल सजाय सुनाइएको छ। यससँगै गैरकानुनी रूपमा वाकी–टकी आयात गरेको, कोभिड–१९ को नियम उल्लङ्घन गरेको र आधिकारिक गोपनीयता ऐनको उल्लङ्घन गरेको अभियोगमा दोषी ठहर गरिएकी सुकीलाई सबै गरी ३३ वर्षको जेल सजाय तोकिएको छ।
सन् २०२१ को फेबु्रअरीमा भएको ‘कू’ पछि ७७ वर्षीय नोबेल पुरस्कार विजेता सुकीलाई हिरासतमा राख्दै आएको छ। यसले म्यानमारको छोटो लोकतान्त्रिक प्रयोगको अन्त्य गरेको भन्दै म्यानमारमा अहिले पनि व्यापक विरोध प्रदर्शन भइरहेको छ।
केही महिनाअघि उनको नेसनल लिग फर डेमोक्रेसी (एनएलडी) पार्टीले राष्ट्रव्यापी निर्वाचन जितेको थियो र उनी देशको वास्तविक नेताको रूपमा अर्को पाँच वर्षको कार्यकालको लागि तयारी गरिरहेकी थिइन्।
स्वाधीनताका नायककी छोरीसमेत रहेकी सुकीले पूर्व सैनिक शासनकालमा करिब दुई दशक नजरबन्दमा बिताएकी थिइन्।
गत शुक्रबार सैनिक सरकारको पूर्ण नियनत्रण रहेको एक अदालतले सुकीलाई भ्रष्टाचारको अभियोगमा सात वर्षको जेल सजाय सुनाएको थियो, जुन गैरकानुनी रूपमा वाकी–टकी आयात गरेको, कोभिड–१९ को नियम उल्लङ्घन गरेको र आधिकारिक गोपनीयता ऐनको उल्लङ्घन गरेको अभियोगमा दोषी ठहर गरिएको थियो।
म्यान्मारमा सुकी निकै लोकप्रिय भए पनि रोहिंग्या सङ्कटसँग जुध्न उनको सरकारले गरेको व्यवहारले विदेशमा उनको विरासतमा गहिरो दाग लागेको थियो।
सन् २०१७ मा सेनाले गरेको दमनका कारण करिब सात लाख ५० हजार रोहिंग्या अल्पसङ्ख्यक समुदायका सदस्यहरू आफ्नो जलिरहेको गाउँबाट भागेर छिमेकी देश बङ्गलादेशमा जान बाध्य भएका थिए।
म्यानमारमा प्रजातन्त्रका लागि लडिरहेका धेरैका लागि अब क्रान्ति राजनीति र अर्थतन्त्रमा सेनाको प्रभुत्वलाई स्थायी रूपमा जरैदेखि उखेलेर फाल्न सुकीले दशकौंअघि गरेको आन्दोलनभन्दा बाहिर जानुपर्छ।
सुकीको जन्म सन् १९४५ जुन १९ मा दोस्रो विश्वयुद्धको अन्तिम हप्तामा जापानको कब्जामा रहेको याङ्गुनमा भएको थियो।
उनका पिता आङ सानले सन् १९४८ मा आफ्नो देशलाई स्वतन्त्रताप्राप्त गर्ने सबैभन्दा राम्रो अवसर प्रदान गर्न बेलायती र जापानी उपनिवेशवादी दुवैको पक्ष र विपक्षमा लडेका थिए।
सुकीले आफ्नो प्रारम्भिक जीवनको अधिकांश समय म्यान्मार बाहिर बिताएकी थिइन्। सुरूमा आमा भारतको राजदूत रहँदा भारत र पछि उनले अक्सफोर्ड विश्वविद्यालयमा अध्ययनका शिलशिलामा विताएकी थिइन्। बेलायतमा रहँदा उनको आफ्ना बेलायती पतिलाई भेटेकी थिइन्।
सन् १९६२ मा जनरल ने विनले पूर्ण सत्ता कब्जा गरेपछि उनले आफ्नो समाजवादी अभ्यासलाई म्यानमारमा लागू गरेकी थिइन् तर कुनै समय एसियाको चामलको भकारीको उपाधिले चिनिने विश्वको सबैभन्दा गरिब र सबैभन्दा पृथक देशमा परिणत बनेको छ।
सन् १९८८ मा आफ्नी मृत आमालाई स्याहारसुसार गर्न स्वदेश फर्केपछि सुकी प्रजातन्त्रको जननीका रूपमा सम्मानित हुन पुगेकी हुन्। उनको नेतृत्वमा सन् १९९० को दशकमा केही समयपछि सेनाको अधिनायकवादी शासनको विरोधमा भएको प्रदर्शनलाई दमन गर्दा कम्तीमा तीन हजार व्यक्तिको मृत्यु भएको थियो। यो रक्तपात सुकीका लागि जनताका लागि सङ्घर्ष गर्ने उत्प्रेरणा बनेको थियो।
सन् १९९० को निर्वाचनमा एनएलडीलाई भारी मतले जिताउनुअघि एक चमत्कारिक वक्ता रहेकी ४३ वर्षीया उनले प्रजातान्त्रिक आन्दोलनको नेतृत्व गरिरहेकी थिइन्।
सेनापतिहरू सत्ता छोड्न तयार थिएनन्। मतदानको परिणामलाई बेवास्ता गर्दै उनीहरूले सुकीलाई उनको याङ्गुनस्थित घरमा सीमित गरे, जहाँ उनी अर्को २० वर्षमध्ये करिब १५ वर्ष विताएकी थिइन्।
सन् १९९१ मा हिरासतमा रहँदा उनलाई नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो।
जुन्ता प्रशासनले स्थायी रूपमा देश छोडेमा कुनै पनि बेला उनको कैद अन्त्य गर्ने प्रस्ताव गरेको थियो, तर सुकीले त्यसलाई अस्वीकार गर्दै आफुलाई देशप्रति नै समर्पित गर्ने प्रण गरेकी थिइन्।
त्यो निर्णयको अर्थ सन् १९९१ मा क्यान्सरका कारण आफ्नो पतिको मृत्यु हुनुभन्दा अघि उनलाई भेट्नसमेत पाएकी थिइनन्। उनले नजरबन्दमा नै रहेका समय हुर्केका आफ्ना दुई छोराहरूसमेत गुमाउनु परेको थियो।
अन्ततः सेनाले सन् २०१० मा उहाँको पार्टीले बहिष्कार गरेको चुनावको केही दिनपछि उनलाई स्वतन्त्रता प्रदान गर्यो। यसबाट एउटा गैरसैनिक नागरिकको नेतृत्वमा सरकार गठन भयो।
त्यसको पाँच वर्षपछि भएको अर्को निर्वाचनमा उनको दल एनएलडीले विजय हासिल गर्यो। यसले म्यानमारमा बहुसङ्ख्यक जनतालाई खुशी तुल्याएको थियो। सन् २०२० को मतदानले उनको पार्टीको बहुमत बढायो, तर सेनाले निर्वाचनलाई प्रभावित पार्न एनएलडीले धाँधली गरेको दाबी गर्दै उनलाई हिरासतमा राखिएको थियो।
सुकीको कार्यकालमा उनको प्रशासन समस्याले घेरिएको थियो र सेनासँग असहज सम्बन्ध थियो, जसले शक्तिशाली राजनीतिक भूमिका कायम राखेको थियो। तर सन् २०१७ मा रोहिंग्या समुदायमाथि भएको दमनपछि सरकार र सेना ‘लकस्टेप’मा देखिएका थिए। उनको कार्यालयले भागेर आएका शरणार्थीलाई म्यानमारका सेनाले बलात्कार, गैरन्यायिक हत्या र आगजनीको शिकार बनाएको भन्ने दाबीको खण्डन गरेको छ।
उनले व्यक्तिगत रूपमा सेनाको आचरणको बचाउ गरिन् र सन् २०१९ मा संयुक्त राष्ट्रसङ्घको सर्वोच्च अदालतमा नरसंहारको आरोपको खण्डन गर्न हेग पनि गएकी थिइन्।
त्यसको ठीक एक वर्षपछि उनी फेरि सेनाको कैदी भएकी थिइन्। अहिले उनले आफ्नो बाँकी जीवन हिरासतमा बिताउने सम्भावनाको सामना गरिरहरहेकी छिन्।