PahiloPost

May 15, 2024 | २ जेठ २०८१

सुदूरपश्चिमका प्रदेश सभा सदस्यले लिए शपथ, सोमबार बैठक आह्वान



पहिलोपोस्ट

सुदूरपश्चिमका प्रदेश सभा सदस्यले लिए शपथ, सोमबार बैठक आह्वान

कैलाली : सुदूरपश्चिम प्रदेशका नवनिर्वाचित ५३ जना प्रदेश सभा सदस्यहरूले शपथ ग्रहण गरेका छन्। शुक्रवार सुरुमा प्रदेश प्रमुख देवराज जोशीले अछामबाट निर्वाचित सांसद मानबहादुर रावललाई शपथ ग्रहण गराएका थिए। लगत्तै रावलले अन्य ५२ सदस्यहरूलाई प्रदेश सभा भवनमा शपथ ग्रहण गराएका हुन्।

नागरिक उन्मुक्ति पार्टीका ५ र नेपाली कांग्रेसका एक जना सांसदले थारु भाषामा र त्यसबाहेक अन्य ४७ सदस्यले नेपाली भाषामा शपथ ग्रहण गरेका थिए। प्रदेश सभा बैठक १८ गते सोमबार आह्वान गरिएको सुदूरपश्चिम प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीले बताए।

सुदूरपश्चिममा नेपाली कांग्रेसका १९, नेकपा माओवादी केन्द्रका ११, नेकपा एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७ र एकीकृत समाजवादी पार्टीका ४ जना सांसद छन्। त्यस्तै राप्रपाका एक र एक जना स्वतन्त्रबाट निर्वाचित भएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell