PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

एकीकृत समाजवादी सुदूरपश्चिम संसदीय दलको नेतामा सोडारी



पहिलोपोस्ट

एकीकृत समाजवादी सुदूरपश्चिम संसदीय दलको नेतामा सोडारी

कैलाली : नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) सुदूरपश्चिम प्रदेश सभा संसदीय दलको नेतामा दीर्घ सोडारी चयन भएका छन्। पार्टीबाट निर्वाचित ज्येष्ठ सदस्य प्रकाश रावलको अध्यक्षता तथा पार्टीका प्रदेश सचिव दिनेशचन्द्र सुवेदीको उपस्थितिमा बसेको बैठकले सोडारीलाई दलको नेता चयन गरेको हो। सोडारी कैलाली निर्वाचन क्षेत्र ४ को प्रदेश क बाट निर्वाचित भएका थिए। सोडारी अहिले प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्री समेत छन्।

धनगढी स्थित प्रदेश पार्टी कार्यालयमा बसेको संसदीय दलको बैठकले दलको उपनेतामा कञ्चनपुरबाट निर्वाचित प्रकाश रावललाई, बाजुरा बाट निर्वाचित नरेश शाहीलाई प्रमुख सचेतक र माया पन्त लाई सचेतकको जिम्मेवारी दिएको छ। सुदूरपश्चिम प्रदेशमा एकीकृत समाजवादीका ४ प्रदेश सभा सदस्य छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell