
बुटवल : लुम्बिनी प्राविधिक विश्वविद्यालयको बोर्ड सदस्यमा नारायण भुसाल नियुक्त भएका छन्। मुख्यमन्त्री कूलप्रसाद केसीले शिक्षामन्त्रीलाई जानकारी नै नदिई कपिलवस्तुको बाणगंगा नगरपालिका–८ का भुसाललाई सदस्यमा नियुक्त गरेका हुन्। विश्वविद्यालयको कूलपति मुख्यमन्त्री र उपकूलपति शिक्षामन्त्री रहने व्यवस्था रहेको छ।
गत मंसिर २९ गते कूलपतिको निर्णयअनुसार भुसाललाई नियुक्त गरिएको विषय बिहीबार साँझमात्रै सार्वजनिक भएको थियो। मंसिर २९ गतेको निर्णयपछि मन्त्रिपरिषद्का बैठकमा समेत कुनै जानकारी दिइएको थिएन यस कारण पनि पुरानो मितिमा गरिएको निर्णय शिक्षा मन्त्रालयका अधिकारीको भनाइ रहेको छ। प्रदेशका शिक्षामन्त्री बसिउद्दिन खाँनले यो विषयमा कुनै जानकारी नभएको बताए।
लुम्बिनी प्रदेश सरकारका मुख्य ४ गौरवका आयोजनामा यो योजना प्रमुखताका साथ राखिएको छ। विश्वविद्यालय सञ्चालनका लागि साउन १६ गते उपकूलपतिमा रुपन्देहीका विनोद ढकाल तथा २० गते रजिष्टारमा रोल्पाका रेग भण्डारीलाई नियुक्त गरी काम अगाडि बढाएको छ। बाँकेको खजुरामा केन्द्रीय कार्यालय स्थापना गरी काम सञ्चालन गरिएको छ।