PahiloPost

Apr 24, 2026 | ११ बैशाख २०८३

रोनाल्डो साउदी क्लब अल नासरमा अनुबन्धित



पहिलोपोस्ट

रोनाल्डो साउदी क्लब अल नासरमा अनुबन्धित

पोर्चुगिच स्ट्राइकर क्रिस्टियानो रोनाल्डो साउदी क्लब अल नासरसँग अनुबन्धित भएका छन्। विवादस्पस्ट अन्तर्वार्तापछि इङ्ग्लिस क्लब म्यानचेस्टर युनाइटेड छाडेपछि फ्रि एजेन्ट बनेका रोनाल्डो साउदीको क्लबमा २०२५ सम्मका लागि अनुबन्धित भएका हुन्।

अल नासरमा फुटबलको इतिहासमै सबै भन्दा ठूलो रकम रोनाल्डोले पाउने बीबीसीले जनाएको छ। उनले हरेकवर्ष १७७ मिलियन पाउन्ड भन्दा बढी पाउने बताइएको छ।

नौ पटकको साउदी प्रो लिग च्याम्पियन अल नासरले रोनाल्डोको अनुबन्धनलाई 'इतिहास बनिएको' उल्लेख गरेको छ।

रोनाल्डोले म्यानचेस्टर युनाइटेडबाट कुल ३४६ खेल खेल्दै १४५ गोल गरेका छन्। म्यानचेस्टर युनाइटेडमा २००३ बाट २००९ सम्म खेलेर उनी स्पेनिस क्लब रियल मड्रिड पुगेका थिए। उनले मड्रिडमा २०१८ सम्म खेले। त्यहाँबाट इटालियन क्लब युभेन्टसमा तीन वर्ष खेलेर फेरि २०२१ मा युनाइटेड नै फर्किएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell