PahiloPost

Apr 24, 2026 | ११ बैशाख २०८३

कञ्चनपुरमा हतियारसहित भारतीय लुटेरा पक्राउ



पहिलोपोस्ट

कञ्चनपुरमा हतियारसहित भारतीय लुटेरा पक्राउ
फाइल फोटो।

दोधारा चाँदनी : कञ्चनपुरको बेलौरीमा तीन भारतीय लुटेरा पक्राउ परेका छन्।

बेलौरी नगरपालिका-१ स्थित वैशाखाबाट हतियासहित भारतीय लुटेरा पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता चक्र शाहले बताए। पक्राउ परेकाहरुबाट प्रहरीले एक थान पेस्तोल र त्यसमा लाग्ने केही गोली बरामद गरेको छ।

‘शुक्रवार राति पेस्तोल र त्यसमा लाग्ने केही गोलीसहित भारतीय लुटेरा पक्राउ परेका छन्’, उनले भने, ‘ती भारतीय नागरिक लुटपाटको उद्देश्यले आएको खुलेको छ।’

पाँच जनाको समूहमा आएका भारतीय लुटेरामध्ये दुई फरार छन्। उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ। पछिल्लो केही समययता सीमावर्ती क्षेत्रमा लुटपाटका घटना हुने गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell