PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

माओवादी केन्द्रको वाग्मती प्रदेश संसदीय दलको नेतामा शालिकराम जम्कट्टेल चयन



पहिलोपोस्ट

माओवादी केन्द्रको वाग्मती प्रदेश संसदीय दलको नेतामा शालिकराम जम्कट्टेल चयन

हेटौंडा : नेकपा (माओवादी केन्द्र) वाग्मती प्रदेशको संसदीय दलको नेतामा पोलिट ब्युरो सदस्य शालिकराम जम्कट्टेल चयन भएका छन्। शुक्रवार र शनिवार काठमाडौंमा बसेको बैठकले जम्कट्टेललाई सर्वसम्मत दलको नेता चयन गरेको हो।

वाग्मती प्रदेशसभा संसदीय दलको नेतामा चार जनाले आकांक्षा देखाएका थिए। उनीहरूमा जम्कट्टेल, युवराज दुलाल, सरल सहयात्री र गंगानारायण श्रेष्ठ थिए।

आकांक्षी धेरै भएपछि पार्टी प्रदेश इन्चार्ज हिकमान शाक्यले जम्कट्टेललाई संसदीय दलको नेता बनाउन प्रस्ताव गरेका थिए। उक्त प्रस्तावलाई सर्वसम्मत पारित गरेको वाग्मती प्रदेश उपाध्यक्ष प्रेमबहादुर पुलामीले जानकारी दिए।

संसदीय दलको नेतामा सर्वसम्मत भएका जम्कट्टेल धादिङ निर्वाचन क्षेत्र नम्बर १ (२)बाट वाग्मती प्रदेशसभामा निर्वाचित भएका थिए।
माओवादी केन्द्र वागमती प्रदेशमा प्रत्यक्ष निर्वाचित १४ र समानुपातिक तर्फ ७ गरी २१ जना सांसद रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell