
इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत आज सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले वुल्भसलाई हराएको छ। मोलिनिउक्स स्टेडियममा सम्पन्न खेलमा युनाइटेडले घरेलु टोली वुल्भ्सलाई ०-१ गोलअन्तरले हराएको हो।
पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा युनाइटेडलाई जित दिलाउन सब्सिच्युड खेलाडीका रुपमा मैदान प्रवेश गरेका मार्कस रासफोर्डले निर्णायक गोल गरे। खेलको ४६ औं मिनेटमा मैदान प्रवेश गरेका रासफोर्डले ब्रुनो फर्नान्डेजको पासमा गोल गरेका हुन्। ८४ औं मिनेटमा रासफोर्डको गोललाई रेफ्रीले त्यसलाई मान्यता दिएनन्।
जितसँगै १६ खेलबाट ३२ अंक जोडेको म्यानचेस्टर युनाइटेड तालिकाको चौथो स्थानमा उक्लिएको छ भने वुल्भ्स १३ अंक जोडेर १९ औं स्थानमा छ।