A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__reportermodelsReporter.php.6970b5cf343f22.23054332): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__reportermodelsReporter.php.6970b5cf343f22.23054332,application/models/proxies/__CG__reportermodelsReporter.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

संसदीय दलको निर्वाचनमा २ मत पाएका अर्यालको आरोप : पूर्व सञ्चारमन्त्री कार्कीले षड्यन्त्र गरे
PahiloPost

Jan 21, 2026 | ८ माघ २०८२

संसदीय दलको निर्वाचनमा २ मत पाएका अर्यालको आरोप : पूर्व सञ्चारमन्त्री कार्कीले षड्यन्त्र गरे



पहिलोपोस्ट

संसदीय दलको निर्वाचनमा २ मत पाएका अर्यालको आरोप : पूर्व सञ्चारमन्त्री कार्कीले षड्यन्त्र गरे

विराटनगर : नेपाली कांग्रेसका केन्द्रीय सदस्य अमृत अर्यालले प्रदेश नम्बर १ को संसदीय दलको नेता बन्न आफूलाई पूर्व सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले षड्यन्त्रपूर्वक रोकेको आरोप लगाएका छन्।

संसदीय दलको नेताको निर्वाचनमा प्रस्तावक-समर्थकमध्ये एकको समेत मत नपाई कुल २ मत ल्याएर पराजय भोगेका केन्द्रीय सदस्य अर्यालले यसको दोष मन्त्री कार्कीलाई लगाएका हुन्।

‘मैले २०७० को निर्वाचनमा मोरङको ५ बाट उपेन्द्र यादवलाई पराजित गरेको हुँ’, पत्रकार सम्मेलन गर्दै अर्यालले भने, ‘यस पटकको निर्वाचनमा मैले त्यही क्षेत्रबाट प्रतिनिधिसभाका लागि पार्टीमा दाबी गरेको थिएँ। तर, गठबन्धनका कारण प्रदेश सभाको निर्वाचनमा उम्मेदवारी दिनुपर्‍यो। त्यस क्षेत्रमा माओवादी केन्द्रका शिवकुमार मण्डल गठबन्धनका प्रत्याशी हुनुभयो।’

चुनाव प्रचारका बेला अर्यालले आफूले मुख्यमन्त्रीका लागि प्रदेशसभाको चुनाव लड्न आएको भन्ने प्रचार गरेका थिए।

‘मलाई प्रदेशसभाको टिकट दिने बेलामा पार्टी सभापति शेरबहादुर देउवासहित ४ नेताले तपाईं प्रदेश १ को मुख्यमन्त्री बन्नुपर्छ, प्रदेशसभाको निर्वाचनमा उम्मेदवारी दिनूस् भनेर मोरङको क्षेत्र नम्बर ५ को २ मा टिकट दिएर पठाउनुभयो’, उनको भनाइ थियो, ‘मसित जसपाका नेता एवं प्रदेशका सामाजिक विकासमन्त्री जयराम यादव प्रतिस्पर्धी हुनुहुन्थ्यो। जयरामलाई मैले उहाँको वार्डमा पनि हराएँ। साढे ५ हजार मतले प्रदेश सभाको निर्वाचन मैले जितेँ।’

अर्यालले निर्वाचन परिणामपछि आफू पार्टी सभापति देउवालाई भेट्न गएको र देउवाले मुख्यमन्त्री बन्नुपर्छ, प्रदेशमा गएर सबैलाई भेट्नूस् भन्ने आश्वासन दिएको जिकिर गरे। उनले आफूले संसदीय दलको नेता बन्न अभ्यास गर्न थालेपछि आफूलाई पूर्व मन्त्री कार्कीले हतोत्साहित बनाएको र उनी अर्कै समूहका नेतालाई बनाउने खेलमा लागेको आरोप लगाए।

‘मन्त्री कार्कीले मलाई उम्मेदवारी नदिन दबाब दिनुभयो’, सांसद् अर्यालले सुनाए, ‘मैले के आधारमा उम्मेदवारी नदिने, पार्टी सभापतिसहित तपाईंहरूले मलाई के आश्वासन दिनुभएको थियो भन्नेजस्ता प्रश्न राखेँ। उहाँले एकोहोरो दबाब दिइरहनुभयो।’

उनले कार्की आफूलाई हराउन लागेको र संसदीय दलको निर्वाचनको ४ दिनअगाडि आफूले चुनाव हार्ने संकेत पाएको बताए।

‘त्यसपछि म विद्रोहको झन्डा बोकेर चुनावमा गएको हुँ’, अर्यालको कथन थियो, ‘मैले १ भोट आए पनि चुनाव लडेरै छाड्छु भनेर कार्कीलाई उत्तर दिएको थिएँ। त्यसैले विद्रोहको सन्देश दिन मैले उम्मेदवारी दिएको हुँ।’

उनले आफूले गरेको विद्रोहले देशव्यापी रूप लिने दाबी गरे। प्रदेश १ मा कांग्रेस संसदीय दलको निर्वाचनमा सिटौला समूहका उद्धव थापा १८ मत ल्याएर विजयी भएका थिए। उनका निकटतम प्रतिस्पर्धी शेखर समूहका केदार कार्कीले ९ मत प्राप्त गरेका थिए।

दुई मत मात्र ल्याएका अर्याल मोरङ कांग्रेसको २ पटक सभापति र २ पटक केन्द्रीय सदस्य भइसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell