PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

आजको मौसम : यी स्थानहरुमा हल्का वर्षाको सम्भावना



रासस

आजको मौसम : यी स्थानहरुमा हल्का वर्षाको सम्भावना

काठमाडौं : पश्चिमी वायुको प्रभावले देशको अधिकांश भू-भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा हुने भएको छ।

सो प्रणालीको प्रभावले देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा भई प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। साथै, देशको हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको समेत सम्भावना छ।

राति देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रही प्रदेश १ को पहाडी भू-भागका एक वा दुई स्थानमा हल्का वर्षा तथा प्रदेश १, गण्डकी  र कर्णाली प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना छ। हाल देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही पश्चिम तराईका केही र मध्य तथा पूर्वी तराईका थोरै भू-भागमा हुस्सु/कुहिरो लागेको अवस्था रहेको छ।

महाशाखाको पछिल्लो विवरणानुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम तीन दशमलव आठ डिग्री र अधिकमत तापक्रम १५ दशमलव पाँच डिग्री सेल्सियस रहेको छ। त्यस्तै, आज सबैभन्दा कम जिरीको न्यूनतम तापक्रम शून्य दशमलव एक डिग्री सेल्सियस र सबैभन्दा बढी विराटनगरको अधिकतम तापक्रम २४ दशमलव दुई डिग्री सेल्सियस रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell