PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

अनमोल अभिनित ‘छड्के २’ फागुन १९ मा नै रिलिज हुने



पहिलोपोस्ट

अनमोल अभिनित ‘छड्के २’ फागुन १९ मा नै रिलिज हुने

काठमाडौं : अनमोल केसी अभिनित फिल्म ‘छड्के २’को नयाँ पोस्टर सार्वजनिक भएको छ। निर्माण टिमले पोस्टर सार्वजनिक गर्दै फागुन १९ गते नै फिल्म प्रदर्शन गर्ने जनाएको हो।

फागुन १९ गते देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले ‘छक्कापञ्जा ४’ लाई मात्र रिलिज गर्ने बताएसँगै ‘छड्के २’ ले प्रदर्शन मिति सहितको पोस्टर निकालेको हो।

ग्याङ्स्टर जनरामा निर्माण भएको फिल्मको सार्वजनिक पोस्टरमा अनमोलको भिन्न लुक्स देख्न सकिन्छ। साथै, पोस्टरमा सिनेमाका अन्य कलाकारहरुपनि फिचर्ड छन्। अनमोललाई समूहको नाइकेको रुपमा प्रस्तुत गरिएको छ।

निगम श्रेष्ठको लेखन तथा निर्देशन रहेको फिल्ममा अनमोलका साथै रोविन तामाङ, कमलमणि नेपाल, सिर्जना सुब्बा, रेशा आले मगर मुख्य भूमिकामा छन्।

चितवन र मुस्ताङमा छायाङ्कन गरिएको यस फिल्ममा प्रशान्त गिरी र देवकुमार श्रेष्ठ रहेका छन्। काभ्रे फिल्म्सको व्यानरमा निर्माण भएको सिनेमासँग मेधा प्रोडक्सन र निर्भाना फिल्म स्कुलले सहकार्य गरेका छन्।

यो फिल्म सन् २०१३ मा रिलिज भएको ‘छड्के’को सिक्वेल हो ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell