PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

लुम्बिनीमा प्रदेश सांसदहरूको शपथ आज



पहिलोपोस्ट

लुम्बिनीमा प्रदेश सांसदहरूको शपथ आज

बुटवल : लुम्बिनी प्रदेशसभा सदस्यहरूले आज पद तथा गोपनीयताको शपथ लिँदैछन्। दाङको राप्ती उपत्यका (देउखुरी)स्थित प्रदेशसभा भवनमा दिउँसो १ बजे प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशसभा सदस्यहरूलाई शपथ गराउने कार्यक्रम छ।

लुम्बिनी प्रदेशसभामा प्रत्यक्षबाट ५२ र समानुपातिकबाट ३५ गरी ८७ सांसद छन्। प्रदेशसभामा १० दल र ३ स्वतन्त्र सांसदको सहभागिता रहेको छ।

२९ सिट ल्याएको नेकपा (एमाले) प्रदेशको सबैभन्दा ठूलो दलका रूपमा रहेको छ। यसैगरी, नेपाली कांग्रेस २७ सिट ल्याएर दोस्रो दल बनेको छ।

९ सिट ल्याएको माओवादी केन्द्र प्रदेशसभाको तेस्रो दल हो। राप्रपा र नागरिक उन्मुक्ति पार्टीबाट ४/४ जना, जसपा, लोसपा र जनमत पार्टीबाट ३/३ जना, नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चाबाट १/१ जना र ३ जना स्वतन्त्र सांसद छन्।

लुम्बिनीमा एमाले र माओवादी गठबन्धनको सरकार बन्ने पक्का भए पनि नेतृत्व कसले गर्नेबारै टुंगो लाग्न बाँकी छ। प्रदेश प्रमुख शेरचनले प्रदेशसभाको अधिवेशन भोलि सोमवारका लागि आह्वान गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell