काठमाडौं : आज देखि इस्वी संवत् २०२३ सुरु भएको छ। सन् २०२३ को स्वागतमा आज विश्वभर विभिन्न कार्यक्रमहरु आयोजना गरिँदैछ।
२०२२ को अन्तिम दिन डिसेम्बर ३१ मा हिजो पनि विश्वभर कार्यक्रमहरु आयोजना भए। ठूला र पर्यटकीय शहरहरुमा मानिसहरु मध्यरातसम्म नयाँ वर्षको स्वागतका लागि बसे। चीनदेखि अमेरिका, अष्ट्रेलियादेखि युक्रेनसम्म मानिसहरुले आतिशबाजी गर्दै सन् २०२३ को स्वागत गरे।
सबै तस्विरहरु रोयटर्स, एपी, गेट्टी इमेजेस लगायतका संस्थाका फोटोपत्रकारहरुले खिचेका तस्विरहरु हुन्। यी सबै तस्विर CNN मा प्रकाशित भएका हुन्।