PahiloPost

Apr 24, 2026 | ११ बैशाख २०८३

जनकपुरलाई काठमाडौँको १ सय ८१ रनको लक्ष्य, गौतम र बर्लको अर्धशतकीय पारि



पहिलोपोस्ट

जनकपुरलाई काठमाडौँको १ सय ८१ रनको लक्ष्य, गौतम र बर्लको अर्धशतकीय पारि
Photo: CAN

काठमाडौँ: नेपाल टी २० लिग अन्तर्गत आज जारी पहिलो खेलमा काठमाडौँ नाइट्सले जनकपुर रोयल्सललाई १ सय ८१ रनको लक्ष्य प्रस्तुत गरेको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको काठमाडौँले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १८० रन बनाएको हो।

काठमाडौँका लागि सुनम गौतमले अर्धशतकीय पारि खेल्दै सर्वाधिक ६२ रन बनाउँदा रायर बर्ल ६१ रनमा अविजित रहे। त्यस्तै एलेक्स ब्लेकले २० रन बनाउँदा अजमतुल्लाह ओमरजाइले १० रन बनाए।

बलिङतर्फ जनकपुरका जितेन्द्र मुखियाले सर्वाधिक ३ विकेट लिँदा शरफुद्दिन अस्रफ र ट्रेभोन ग्रिफ्फितले समान १ विकेट लिए।

जनकपुर केहीबेरमा जवाफी ब्याटिङमा उत्रिँदैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell