PahiloPost

Jan 29, 2025 | १६ माघ २०८१

नेपालमा आध्यात्मिक पर्यटनको प्रचारमा जेट ली, परिवारसँगै काठमाडौंमा स्वागत गरे नयाँ वर्षलाई



पहिलोपोस्ट

नेपालमा आध्यात्मिक पर्यटनको प्रचारमा जेट ली, परिवारसँगै काठमाडौंमा स्वागत गरे नयाँ वर्षलाई

नेपाल आध्यात्मिक भूमि हो। यहाँ प्राकृति र सांस्कृतिक पर्यटकीय सम्भावना जति छ त्यति नै प्रचुर सम्भावना आध्यात्मिक पर्यटनको पनि छ। त्यसैले हरेक वर्ष यहाँ योग र ध्यान गर्न हजारौं पर्यटक आउने गर्छन्। यहाँका गुम्बाहरुबाट बुद्ध शिक्षा लिन पनि कयौं पर्यटक आउने गर्छन्।

हरेक वर्ष डोल्पा लगायतका हिमाली जिल्ला पुगेर त्यहाँका गुम्बाहरुमा सेवा गर्ने र ज्ञान आर्जन गर्नेहरुको कमी छैन। पछिल्लो केही वर्ष भने कोरोना भाइरस महामारीका कारण अत्यात्मिक पर्यटन गतिविधिमा पनि कमी आएको थियो। अहिले भने फेरि अन्य क्षेत्रसँगै यो क्षेत्र पनि ब्युँतिन सुरु भएको छ।

हलिउड एवम् चिनियाँ अभिनेता जेट ली केहीदिनदेखि नेपालमा छन्। ६ दिन उनले योगे मिनगुर रिन्पोछेसँग शिक्षा हासिल गरे। आफ्नो क्रिसमस बिदा रिन्पोछेसँग जीवन र बुद्धबारे बुझ्न उनी आफ्नो परिवार सहित नेपाल आएका हुन्। सन् २०२२ को अन्तिम दिन उनले नेपालको पवित्र भूमिहरु घुम्न पाउँदा र महान् गुरुहरुबाट शिक्षा लिन पाउन खुशी लागेको बताए। जेट लीले इश्वी संवत् २०२३ को स्वागत काठमाडौंमा नै रहेर गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell