A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__reportermodelsReporter.php.6970b5cf3422e3.89025242): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__reportermodelsReporter.php.6970b5cf3422e3.89025242,application/models/proxies/__CG__reportermodelsReporter.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन अझै हुन सकेन, प्रतिकुल मौसमका कारण बिहानैदेखि अस्तव्यस्त बन्यो उडान
PahiloPost

Jan 21, 2026 | ८ माघ २०८२

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन अझै हुन सकेन, प्रतिकुल मौसमका कारण बिहानैदेखि अस्तव्यस्त बन्यो उडान



पहिलोपोस्ट

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन अझै हुन सकेन, प्रतिकुल मौसमका कारण बिहानैदेखि अस्तव्यस्त बन्यो उडान

काठमाडौं :  आज इश्वी संवत् २०२३ को पहिलो दिन पारेर पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको औपचारिक उद्घाटन हुँदैछ। चीन सरकारको सहयोगमा निर्माण भएको यो विमानस्थलको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्नेछन्। विमानस्थल उद्घाटनलाई मध्यनजर गर्दै पोखरा महानगरपालिकामा आज सार्वजनिक विदासमेत दिइएको छ। 

विमानस्थलको उद्घाटनको सम्पूर्ण तयारी पूरा भए पनि मौसम प्रतिकुलताका कारण भने आज बिहानैदेखि पोखरातर्फको उडान अस्तव्यस्त भएको छ। आइतबारबाट उद्घाटन हुन लागेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तर्फ हुन लागेको दर्जनौँं उडान प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ।

'अरु गन्तव्यतर्फको नियमित उडान पनि डिले भइरहेको अवस्था छ। बिहानैदेखि पोखरा तर्फको उडान भने एउटै पनि भएको छैन,' विमानस्थलका एक कर्मचारीले भने,' ११:३० बजेसम्म उडान हुने अनुमान रहेको छ।'

यो अन्तर्राष्ट्रिय विमानस्थलमा आज बुद्ध, यती, श्री, सौर्य, गुण, समिट, तारा लगायत विभिन्न वायुसेवा कम्पनीको उडान तालिका रहेको छ। उडान नहुँदा उद्घाटन कार्यक्रम समेत ढिला भएको पोखरा विमानस्थलका प्रमुख विक्रम गौतमले बताए।

'उडान डिले हुने भएका कारण उद्घाटन कार्यक्रम केहि समय ढिला हुनेछ,'  गौतमले भने। 

यो विमानस्थलको उद्घाटन कार्यक्रम बिहान ७ बजेका लागि तय गरिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell