PahiloPost

May 28, 2026 | १४ जेठ २०८३

मिस युनिभर्सको ७१ औं संस्करणमा सहभागी हुन अमेरिका गइन् सोफिया



पहिलोपोस्ट

मिस युनिभर्सको ७१ औं संस्करणमा सहभागी हुन अमेरिका गइन् सोफिया

काठमाडौं : ‘मिस यूनिभर्स नेपाल २०२२’ कि विजेता सोफिया भुजेल अमेरिका प्रस्थान गरेकी छिन्। ‘मिस युनिभर्स’ को ७१ औं संस्करणमा सहभागी हुन उनी अमेरिका गएकी हुन्।

‘मिस यूनिभर्स नेपाल’ की राष्ट्रिय निर्देशक नग्मा श्रेष्ठ लगायतको टिमले सोफियालाई शनिवार राति विमानस्थलमा बिदाई गरेको थियो। त्यसक्रममा अन्तर्राष्ट्रिय स्तरमा नेपाललाई प्रतिनिधित्व गर्न पाउँदा निकै खुसी लागेको सोफियाले बताइन्।

‘म यसपटक नेपालमा मिस यूनिभर्सको ताज भित्राउन उत्साहित छु। यसका लागि म आफ्नो उत्कृष्ट प्रस्तुति मिस यूनिभर्सको स्टेजमा दिनेछु। मैले तयारी पनि राम्रो गरेकी छु,’ उनले भनिन्।

त्यसैगरि, ‘मिस यूनिभर्स’को स्टेजमा प्रस्तुती दिन सोफियाले नेपाली संकृती झल्कने पहिरन समेत तयार पारेको बताएकी छिन्। जनवरी १४ मा विश्वका ८५ भन्दा बढी देशका प्रतिस्पर्धीहरुले ‘मिस यूनिभर्स’ को ताजका लागि प्रतिस्पर्धा गर्नेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell