PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढ्यो



पहिलोपोस्ट

सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढ्यो

काठमाडौंः साताको पहिलो दिन सुनको मूल्य बढेको छ।

अघिल्लो दिनको भन्दा सुन तोलामा ३ सय रुपैयाँले वृद्धि भएको छ।नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबारका लागि बजार मूल्य प्रतितोला एक लाख एक हजार ७ सय रुपैयाँ निर्धारण भएको छ।

शुक्रवार सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेर प्रतितोला एक लाख एक हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।चाँदीको मूल्यमा आइतबार झिनो वृद्धि भएको छ। चाँदी तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १४ सय रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य शुक्रवार तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १३ सय ९५ रुपैयाँ थियो।

अन्तर्राष्ट्रिय बजारमा नयाँ वर्ष सुरु भएसगै सुनको मूल्य बढेको छ। आइतबार सुन  प्रतिऔंस १८२३.८६ डलरमा कारोबार भइरहेको छ। चाँदी प्रतिऔंस २३.९६ डलर छ। गत शुक्रवार सुन प्रतिऔंस १८१६.३८ डलर र चाँदी २३.९२ डलर थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell