PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

भोलि वाग्मती प्रदेशसभाको पहिलो बैठक बस्ने



पहिलोपोस्ट

भोलि वाग्मती प्रदेशसभाको पहिलो बैठक बस्ने

काठमाडौं : वाग्मती प्रदेशसभाको ११औं अधिवेशन पुस १८ गते बस्ने भएको छ। प्रदेशसभा सचिवालयका अनुसार भोलि दिउँसो १ बजेका लागि बैठब बोलाइएको छ। भोलि बिहान ८ बजे सर्वदलीय बैठक बस्ने र प्रदेशसभा बैठकमा प्रस्तुत हुने कार्यसूची तयार गरिने प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले बताए।

प्रदेशसभा सदस्यको लागि दोस्रो कार्यकालको ११औँ बैठक सुरु हुन लागेको हो। प्रदेशसभामा अहिले नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टी, हाम्रो नेपाली पार्टीको प्रतिनिधित्व छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell