PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

पूरा हुँदै पोखरेलीको सपना, अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटनमा सहभागी हुन ओर्लियो भिड

पूरा हुँदै पोखरेलीको सपना, अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटनमा सहभागी हुन ओर्लियो भिड

पहिलोपोस्ट /पहिलोपोस्ट


पोखरा : पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको आज उद्घाटन हुँदैछ । विमानस्थलको उद्घाटनका लागि पोखरा महानगरपालिकाले आज सार्वजनिक बिदा दिएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विमानस्थलको उद्घाटन गर्दैछन्। यससँगै पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल गर्ने पोखरेलीहरुको वर्षौंदेखिको पहल आज पूरा हुँदैछ।

विमानस्थलको उद्घाटन समारोहमा व्यापक जनसहभागिता गराउने उद्देश्यले महानगरले आज सार्वजनिक बिदा दिँदै विभिन्न संघसंस्थादेखि आमा समुहलाई र्‍यालीमा सहभागी हुन निमन्त्रणा दिइएको छ।

महानगरको आयोजनामा निकालेको र्‍यालीका कारण भने राजमार्गको बाटो अवरुद्ध बनेको छ। अमरसिंह चोकमा जम्मा भएर राजमार्गको बाटो हुँदै चाउथे १४ स्थित रहेको विमानस्थल सम्मै भीड थियो। 



ट्रेन्डिङ पोस्ट

Ncell