PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

प्रदेश १ मा मुख्यमन्त्रीका लागि दाबी गर्न आह्वान, एमाले र माओवादीबाटै आकांक्षी



पहिलोपोस्ट

प्रदेश १ मा मुख्यमन्त्रीका लागि दाबी गर्न आह्वान, एमाले र माओवादीबाटै आकांक्षी

काठमाडौं : प्रदेश १ का प्रदेश प्रमुख परशुराम खापुङ्गले मुख्यमन्त्रीका लागि दाबी पेश गर्न आह्वान गरेका छन्। मुख्यमन्त्री दाबी गर्न पुस २४ गते अपरान्ह ५ बजे सम्मका लागि समय दिइएको हो। संविधानको धारा १६८ को उपधारा २ अनुसार सरकार गठनका लागि आह्वान गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ। उक्त आह्वानअनुसार दुई वा दुईभन्दा बढी दलको बहुमत जुटाउन सक्ने प्रदेश सभा सदस्यले दाबी प्रस्तुत गर्न सक्ने छ। प्रदेश सभाको अधिवेशन पुस १७ गतेका लागि बोलाइएको थियो।

मुख्यमन्त्रीका लागि नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को दाबी रहदै आएको छ। केन्द्रको सत्ता गठबन्धनजस्तै प्रदेशमा पनि सत्ता गठबन्धन बनाउने प्रयास जारी नै छ। माओवादी केन्द्रबाट संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले मुख्यमन्त्रीका लागि दाबी गरेका छन्। एमालेबाट हिक्मत कार्कीले दाबी गरेका छन्।

प्रदेश १ को प्रदेश सभामा सबैभन्दा ठुलो  दल एमाले हो। प्रत्यक्षमा २५ र समानुपातिकमा १५ गरी ४० सांसद रहेको एमालेले सरकार गठनका लागि अरु पार्टीका ७ जना सांसदको समर्थन जुटाउनुपर्ने छ। कांग्रेसका २९, माओवादी केन्द्रका १३ र एकीकृत समाजवादीका ४ जना सांसद छन्। प्रदेश सभामा राप्रपाका ६ र जसपाका १ जना सांसद गरी ९३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४७ जना सांसद आवश्यक पर्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell