PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

पार्टी एकताका लागि एमालेबाट प्रस्ताव नै आएको छैन : एकीकृत समाजवादी, सरकारमा सहभागी हुन भने धेरैको जोड



पहिलोपोस्ट

पार्टी एकताका लागि एमालेबाट प्रस्ताव नै आएको छैन :  एकीकृत समाजवादी, सरकारमा सहभागी हुन भने धेरैको जोड

काठमाडौं : नेकपा एकीकृत समाजवादीले पार्टी एकताका लागि नेकपा एमालेबाट प्रस्ताव नै नआएको बताएको छ। स्थायी कमिटीको बैठकपछि एकीकृत समाजवादीका उपमहासचिव गंगालाल तुलाधरले एकताको प्रस्ताव नआएको बताए। 'खुट्टा उचालिहाल्ने पछमा छैनौं। उताबाट एकताका लागि प्रस्ताव नै आएको छैन्,'तुलाधरले भने।

शनिवार सुरु भएको नेकपा एकीकृत समाजवादीको स्थायी कमिटीको बैठकमा नेताहरुले धारणा राख्ने क्रम नसकिएपछि आइतवारका लागि पनि बोलाइएको थियो। एकीकृत समाजवादीले एमलेसँग एकताका लागि भइरहेका अनौपचारिक छलफल तथा पुष्पकमल दाहाल प्रचण्डको सरकारलाई समर्थन गर्ने नगर्नेबारे पार्टीमा छलफल चलाइरहेको हो।

प्रचण्डले सरकारलाई समर्थन गर्न अध्यक्ष माधवकुमार नेपाललाई प्रस्ताव गरेपछि एकीकृत समाजवादी अलमलमा छ। 'एमाले र माओवादीले नेतृत्व गरेको जस्तो देखिए पनि यो खिचडी जस्तो देखिन्छ। समर्थन गर्ने र नगर्ने के अर्थ रह्यो र?,'तुलाधरले भने, 'हिजैको सहकार्यमा सँगसँगै हिँडेका प्रचण्डजीकै सरकार भएकोले समर्थन गर्नुपर्छ कि भन्नेहरुको आवाज धेरै उठेको छ। तर हतारो गर्नु हुँदैन भन्ने कुरा छ।'

एकीकृत समाजवादी सरकारलाई समर्थन गर्न सकारात्मक भएको बताइएपनि औपचारिक निर्णयमा भने पुग्न नसकेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell