PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

पोखराबासीले देखेको सपना पूरा भयो भन्दै 'सीडीए' वाङ सिनले भने : अन्तर्राष्ट्रिय विमानस्थल नेपालको राष्ट्रिय गौरवको प्रतिक



पहिलोपोस्ट

पोखराबासीले देखेको सपना पूरा भयो भन्दै 'सीडीए' वाङ सिनले भने : अन्तर्राष्ट्रिय विमानस्थल नेपालको राष्ट्रिय गौरवको प्रतिक
फोटो : चिनियाँ राजदूतावास

काठमाडौं : पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको आज उद्घाटन भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज चीन सरकारको सहयोगमा निर्माण भएको विमानस्थलको उद्घाटन गरेका हुन्।

सो कार्यक्रममा काठमाडौंस्थित चिनियाँ राजदूतावासका चार्ज दी अफेयर्स (सीडीए) वाङ सिन पनि उपस्थित थिए। कार्यक्रमलाई सम्बोधन गर्दै उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पोखरावासीको ५० वर्षदेखिकेा  सपना भएको बताउँदै सो विमानस्थल नेपालको राष्ट्रिय गौरवको प्रतिक भएको पनि बताए।

'पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पोखरावासीको ५० वर्षदेखिकेा सपना हो। यो विमानस्थल चिनियाँ मापदण्ड अनुसार डिजाइन र निर्माण गरिएको छ, जसले चिनियाँ इन्जिनियरिङको उच्च गुणस्तर झल्काउँछ र नेपालको राष्ट्रिय गौरवकेा प्रतिक पनि हो,' वाङ सिनले भने।

आजको कार्यक्रमा उपस्थित हुन गैारवान्वित भएको भन्दै उनले परियोजनामा सहयोगको लागि प्रधानमन्त्री प्रचण्ड र नेपाल सरकारलाई विशेष धन्यवाद पनि दिए। उनले विमानस्थल निर्माणका लागि योगदान दिएका चिनियाँ र नेपाली इन्जिनियरका साथै प्राविधिककर्मीहरूलाई पनि धन्यवाद दिएका छन्।

त्यसै क्रममा उनले सन् २०२३ राष्ट्रपति सी चिनफिङको बीआरआई पहलको प्रस्तावको १० औं वार्षिकोत्सव भएको सम्झाए।

भने, 'दुई राष्ट्र प्रमुखको निर्देशनमा, हामी संयुक्त रूपमा ट्रान्स हिमालयन बहुआयामिक कनेक्टिभिटी नेटवर्क निर्माण गर्नेछौं र बीआरआई सहकार्यलामा फलदायी नतिजा ल्याउनेछौं।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell