PahiloPost

May 10, 2025 | २७ बैशाख २०८२

अन्तिम बलमा ऐरीको अर्धशतक, विराटनगरले पायो १ सय २३ रनको लक्ष्य



पहिलोपोस्ट

अन्तिम बलमा ऐरीको अर्धशतक, विराटनगरले पायो १ सय २३ रनको लक्ष्य
Photo: CAN

काठमाडौँ: नेपाल टी २० लिग अन्तर्गत आज जारी खेलमा लुम्बिनी अल स्टार्सले विराटनगर सुपर किंग्सलाई १ सय २३ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा जारी खेलमा लुम्बिनीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२२ रन बनाएको हो।

टस जितेर ब्याटिङमा उत्रिएको ओपनिङ खराब भएको थियो। ओपनर लाहिरु मिलान्था १ रन बनाएर आउट हुँदा हसमीत सिंह २ रनमा आउट भए। त्यसपछि आएका कुशल भुर्तेल र ह्यारी टेक्टरले समान १३ रन बनाए। धर्मराएको अलस्टार्सको पारि कप्तान दीपेन्द्रसिंह ऐरीले सम्हालेका थिए। उनले ४२ बलमा ६ चौकाको सहायतामा अन्तिम बलमा आइपुगेर अर्धशतक बनाएका हुन्। त्यसपछि आएका अनिल साहले १३ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन जोड्न सकेनन्।

बलिङतर्फ विराटनगरका नन्दन यादव, विवेक यादव र सूर्य तामाङले समान २ विकेट लिँदा किओन जोसेप र राज नाननले समान १ विकेट लिए।

विराटनगर केहीबेरमा जवाफी ब्याटिङमा उत्रिँदैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell