PahiloPost

May 10, 2025 | २७ बैशाख २०८२

'एनिमल' मा रणवीर कपुरको फरक अवतार‍



पहिलोपोस्ट

'एनिमल' मा रणवीर कपुरको फरक अवतार‍

रणवीर कपुरको मुख्य भूमिका रहेको बलिउड फिल्म ‘एनिमल’ को पोस्टर सार्वजनिक भएको छ। निर्माणटिमले नयाँ वर्षको अवसरमा रणवीरको फर्स्टलुकसहितको पोस्टर रिलिज गरेको हो।

पोस्टरमा रणवीरको फरक अवतार देख्न सकिन्छ। रगतले लतपतिएका रणवीरको साथमा बञ्चरो समेत छ।

सन्दीप रेड्डी वांगाको निर्देशन र लेखन रहेको यो फिल्म ११ अगस्ट २०२३ मा पाँच भाषामा रिलिज हुनेछ। रणवीर कपुरको यो चरित्र उनका बाँकी फिल्मभन्दा निकै फरक हुने बताइएको छ। फिल्ममा रणवीरका साथै अनिल कपुर, बबी देओल, तृप्ती डिमरी र रश्मिका मन्दाना मुख्य भूमिकामा छन्।

एक वर्षअघि नै नेपाली अभिनेता विपिन कार्की पनि यस फिल्ममा अनुबन्धित भएका थिए। तर, गत महिना मुम्बई पुगेका विपिन सुटिङ सेड्युल नमिल्दा छायाङ्कन नगरी काठमाडौं फर्किए। यस फिल्ममा विपिनको अभिनय हुने वा नहुने कुरा अझै अन्यौलमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell