PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

लुम्बिनीका प्रदेशसभा सदस्यले लिए शपथ



पहिलोपोस्ट

लुम्बिनीका प्रदेशसभा सदस्यले लिए शपथ

बुटवल : लुम्बिनी प्रदेशसभा सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। आइतबार प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशसभा सदस्यहरुलाई शपथ गराएका हुन्। ८७ जना प्रदेशसभा सदस्यमध्ये ९ जनाले मातृभाषामा शपथ लिएका छन् भने अरुले नेपाली भाषामा नै शपथ लिएका छन्।

प्रदेश प्रमुख अमिक शेरचनले दाङको राप्ती उपत्यका (देउखुरी) मा निर्माण भएको प्रदेशसभा भवनमा प्रदेशसभा सदस्यहरुलाई शपथ गराएका हुन्। प्रदेशसभा नियमावली २०७९ को दफा ४ को उपदफा १ बमोजिम प्रदेशसभामा निर्वाचित भइ आउने सदस्यलाई प्रदेश प्रमुखले पद तथा गोपनीयताको शपथ ग्रहण गराउने व्यवस्था अनुसार प्रदेश प्रमुखबाटै शपथ ग्रहण गराइएको हो।

८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा ५२ जना प्रत्यक्ष र ३५ जना समानुपातिकतर्फ बाट निर्वाचित भएका हुन्। नेकपा (एमाले)का २९, नेपाली कांग्रेसका २७, नेकपा (माओवादी केन्द्र)का ९, राष्ट्रिय प्रजातन्त्र पार्टीका ४, नागरिक उन्मुक्ति पार्टीका ४, जनमत पार्टी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका ३/३ तथा राष्ट्रिय जनमोर्चा, नेकपा (एकीकृत समाजवादी) र स्वतन्त्रका एक/एक प्रदेशसभा सदस्य छन्।

अघिल्लो प्रदेशसभामा ५ दलको उपस्थिति रहेकोमा यस पटक लुम्बिनी प्रदेशसभाका प्रदेशसभामा १० दल र ३ स्वतन्त्र सांसदको सहभागिता रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell