बुटवल : लुम्बिनी प्रदेशसभाको अधिवेशन पुस १८ गते भोलि हुने भएको छ। प्रदेश प्रमुख शेरचनले संविधानको धारा १८३ को उपधारा १ बमोजिम सोमवार दिउँसो १ बजे प्रदेशसभा अधिवेशन आह्वान गरेका छन्।
प्रदेश सभाका सदस्यहरूलाई प्रदेश प्रमुख शेरचनले शपथग्रहण गराइसकेकाले सभाको बैठक भने जेष्ठ सदस्यका हैसियतले डिल्लीराज भुसालले गर्नेछन्। गुल्मी क्षेत्र नम्बर २ (क) बाट निर्वाचित भुसाल प्रदेशसभामा सबैभन्दा जेठा सदस्य हुन्।