PahiloPost

Mar 12, 2025 | २८ फागुन २०८१

एमाले लुम्बिनी प्रदेश संसदीय दलको नेतामा लिला गिरी चयन



पहिलोपोस्ट

एमाले लुम्बिनी प्रदेश संसदीय दलको नेतामा लिला गिरी चयन

बुटवल : नेकपा एमालेको लुम्बिनी प्रदेश संसदीय दलको नेतामा लिला गिरी चयन भएका छन्। आइतबार प्रदेश राजधानी दाङको राप्ती उपत्यका (देउखुरी)मा बसेको बैठकले गिरीलाई दलको नेता चयन गर्ने निर्णय गरेको हो।

एमाले महासचिव शंकर पोखरेलले अर्घाखाँचीबाट निर्वाचीत चेत नारायण आचार्यलाई दलको नेता बनाउन निकै जोडबल गरेका थिए। आजको बैठकमा महासचिव पोखरेल र सचिव छविलाल विश्वकर्मा पनि सहभागी थिए।

एमाले पोलिटब्युरो सदस्य तथा लुम्बिनी प्रदेशका सहइन्चार्जसमेत रहेका गिरी लुम्बिनीको मुख्यमन्त्रीका प्रमुख दाबेदार हुन्। दलीय भागबण्डामा लुम्बिनी एमालेको भागमा परेको खण्डमा गिरी मुख्यमन्त्री बन्ने छन्।

रुपन्देहीको क्षेत्र नम्बर २ (क) बाट लुम्बिनी प्रदेशसभामा दोस्रो पटक निर्वाचित गिरीले तत्कालीन मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय सम्हालेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell