PahiloPost

May 28, 2026 | १४ जेठ २०८३

जसपाका रौतहट सचिव यादव आम जनता पार्टीमा प्रवेश



पहिलोपोस्ट

जसपाका रौतहट सचिव यादव आम जनता पार्टीमा प्रवेश

काठमाडौंः जनता समाजवादी पार्टी नेपालको रौतहट जिल्ला सचिव लखिन्द्र यादव प्रभु साह नेतृत्वको नवगठित आम जनता पार्टीमा प्रवेश गरेका छन्।

आइतबार अध्यक्ष साह निवासमा यादवलाई पार्टीमा प्रवेश गराएको प्रचार प्रसार विभाग उपप्रमुख निवेश यादवले जानकारी दिए।

सचिव यादवसहित जसपाका प्रभावशाली नेता सर्जुग राय यादव र लालबाबु राय यादव पनि प्रवेश गरेका हुन्। यही पुस ६ गते यादवलाई जसपाले जिल्ला सचिवको जिम्मेवारी दिएको थियो ।

बिहीबार स्वतन्त्र सांसद एवम् पूर्वमन्त्री प्रभु साहले आम जनता पार्टी गठन गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell