PahiloPost

May 28, 2026 | १४ जेठ २०८३

टोटेनहमलाई एस्टोन भिल्लाले हरायो, चेल्सी बराबरीमा रोकियो



पहिलोपोस्ट

टोटेनहमलाई एस्टोन भिल्लाले हरायो, चेल्सी बराबरीमा रोकियो
Photo: Reuters

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा टोटेनहम हट्सपर एस्टोन भिल्लासँग पराजित भएको छ। टोटेनहम हट्सपर स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली एस्टोन भिल्लासँग ०-२ गोलअन्तरले पराजित भएको हो।

पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको ५० औँ मिनेटमा एमी बुएन्डियाकझ गोलमा एस्टोन भिल्लाले अग्रता दिलाएका थिए। त्यस्तै ७३ औं मिनेटमा डौग्लास लुइजले गोल थप्दा घरेलु टोलीमाथि ०-२ गोलको जित निकाल्न सफल भयो।

त्यस्तै गएराति नै सम्पन्न अर्को खेलमा चेल्सी र नटिङ्घम फरेस्ट बराबरीमा रोकिए। सिटी ग्राउण्डमा सम्पन्न खेलमा अग्रता जोगाउन नसक्दा चेल्सी बराबरीमा रोकिएको हो। खेलको १६ औं मिनेटमा रहीम स्ट्रलिङले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए। तर, ६३ औं मिनेटमा सर्ज अउरिअरले घरेलु टोलीका लागि गोल फर्काउँदा खेल १-१ गोलको बराबरीमा टुंगियो।

हारसँगै १७ खेलबाट ३० अंक जोडेको टोटेनहम तालिकाको पाँचौँ स्थानमा छ भने एस्टोनभिल्ला २१ अंक जोडेर तालिकाको १२ औं स्थानमा छ। त्यस्तै २५ अंक जोडेको चेल्सी तालिकाको ८ औं स्थानमा रहँदा नटिङ्घमफरेस्ट १४ अंक जोडेर १८ औं स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell