PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

आफ्नै घरमा आगलागी हुँदा निवर्तमान वडाध्यक्ष गुरुङको जलेर मृत्यु



रासस

आफ्नै घरमा आगलागी हुँदा निवर्तमान वडाध्यक्ष गुरुङको जलेर मृत्यु

कास्की : कास्कीको मादी गाउँपालिका-१ सिक्लेसका सुरज कुमार गुरुङको आफ्नै घरमा आगलागी हुँदा जलेर मृत्यु भएको छ।

आगलागीका कारण निवर्तमान वडाध्यक्ष गुरुङको मृत्यु भएको सोही वडाका वडाध्यक्ष देवीजङ्ग गुरुङले जानकारी दिए। उनका अनुसार आइतवार राति १०:३० बजे आगलागी नियन्त्रणमा लिइएपछि गुरुङको शव घरभित्र जलेको अवस्थामा फेला परेको थियो। सुरज कुमार विसं २०७४ को स्थानीय तह निर्वाचनमा वडाध्यक्षमा निर्वाचित भएका थिए।

मृतक गुरुङकै घरदेखि आगलागी सुरु भएको बताइन्छ। कपडा पसल सञ्चालन गर्दै आएका उनी घरमा एक्लै बस्ने गर्थे। उनका छोरा/बुहारी गाउँकै अर्को घरमा बसोबास गर्दै आएको बताइन्छ। आगलागीबाट सँगैको तौबहादुर गुरुङको घरसमेत जलेर पूर्ण क्षति भएको वडाध्यक्ष देवीजङ्गले जानकारी दिए।

तौबहादुरको घरमा स्थानीय धनबहादुर गुरुङले किराना पसल सञ्चालन गर्दै आएका थिए। के कारणले आगलागी भएको भन्ने यकिन हुन नसकेको बताइन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell