PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

रसियाले नयाँ वर्षमा पनि जारी राख्यो युक्रेनमाथिको ड्रोन र मिसाइल हमला



पहिलोपोस्ट

रसियाले नयाँ वर्षमा पनि जारी राख्यो युक्रेनमाथिको ड्रोन र मिसाइल हमला
Photo: GETTY IMAGES

रसियाले युक्रेनमाथिको हमला नयाँ वर्षको दिनमा पनि जारी राख्यो। रसियाको ड्रोन र मिसाइल आक्रमणको पछिल्लो लहर जारी रहँदा आइतवार राति कीभमा हवाई आक्रमणको साइरन बजेको थियो

मध्यरातभन्दा केही समयअघि सुरु भएको आक्रमणले महत्वपूर्ण पूर्वाधारलाई लक्षित गरेको कीभका क्षेत्रीय गभर्नर ओलेक्सी कुलेबाले बताए। कीभमा एक व्यक्ति रसियाली ड्रोनको भग्नावशेषबाट घाइते भएको राजधानीका मेयरले बताए।

धेरै दिनदेखि कायम रहेको आक्रमणहरू नयाँ वर्षमा पनि जारी रहेको हो।

यसैबिच, युक्रेनी सशस्त्र सेनाले रसियाको कब्जामा रहेको डोनेट्स्क क्षेत्रको माकिभकामा नयाँ वर्षको पूर्व सन्ध्यामा ४०० रसियाली सैनिक मारिएको बताएको छ। रसिया समर्थक अधिकारीहरूले उक्त हताहत भएको स्वीकार गरेका छन्। तर, रसियाले मृत्युको संख्या पुष्टि गर्न अस्वीकार गरेको छ।

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले २०२३ मा युक्रेनको विजय र ‘सामान्य अवस्थामा फर्कन’को लागि कामना गरेलगत्तै रसियाली सैनिक मारिएको खवर आएको हो।

यता, नयाँ वर्षको सम्बोधनमा रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले रसियाले आफ्नो सार्वभौमसत्ता र स्वतन्त्रताको रक्षा गर्न लडाइँ जारी राख्ने बताएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell