PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलको नेतामा डिल्लीबहादुर चौधरी सर्वसम्मत



पहिलोपोस्ट

कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलको नेतामा डिल्लीबहादुर चौधरी सर्वसम्मत

बुटवल : नेपाली कांग्रेसको लुम्बिनी प्रदेश संसदीय दलको नेतामा संस्थापन पक्षका डिल्लीबहादुर चौधरी चयन भएका छन्। लुम्बिनी कांग्रेस संसदीय दलको बैठकले चौधरीलाई सर्वसम्मत नेता चयन गरेको प्रदेश सभापति अमरसिंह पुनले जानकारी दिए।

दलको नेताको लागि राजु खनाल, अब्दुल रज्जाक र वीरबहादुर रानाले दाबी गरेपनि चौधरी सर्वसम्मत चयन भएका हुन्। दाङ क्षेत्र नम्बर ३ (ख)बाट निर्वाचित भएका चौधरी हाल प्रदेशसभाको ग्रामीण, पर्यटन तथा शहरी विकास मन्त्री छन्।

यसअघि, उनी प्रदेशसभाको लेखा समितिका सभापति थिए। नेकपा (एमाले)ले पनि हिजो नै लिला गिरीलाई दलको नेता चुनेको थियो। आज सोमवार प्रदेशसभाको पहिलो बैठक बस्दै छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell